हामीसँग जोडिनुहोस

एसिया कप क्रिकेटको लागि भारतीय टोली घोषणा

1 मिनेट

भदौ ४, काठमाण्डौ।

यही भदौको १३ गतेदेखि पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटको लागि भारतले खेलाडीको घोषणा गरेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

भारतीय टोलीमा कप्तान रोहित शर्मासहित, उपकप्तान हार्दिक पाण्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, इशान किशन,, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज र प्रसिद्ध कृष्ण रहेका छन् ।सञ्जु सामसन ट्राभलिङ प्लेयरका रुपमा रहेका छन् ।एसियाकपमा भारत समूह ए मा रहेको छ ।

भारतले पहिलो खेल भदौको १६ गते पाकिस्तानसँग श्रीलंकामा खेल्नेछ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।