हामीसँग जोडिनुहोस

चार देशीय टी–ट्वान्टी शृंखलाअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले हङकङसँग खेल्दै

1 मिनेट

भदौ ५, काठमाण्डौ ।

चार देशीय टी–ट्वान्टी आई शृंखलाअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दैछ।

मलेसियाको बायमास ओभलमा मध्याह्न पौने १२ बजे खेल सुरु हुनेछ। आजदेखि सुरु हुने शृंखलामा नेपालसँगै मलेसिया, हङकङ र कुवेतको सहभागिता छ।

आईसीसी विश्वकप एसिया क्षेत्र छनोटका लागि मलेसिया गएको नेपाली टिमले अन्तिम अभ्यास स्वरुप चार देश सम्मिलित शृंखला खेल्न लागेको हो।

यसअघि हङकङमा भएको एसीसी महिला इमर्जिङ कपमा नेपाल र हङकङ खेल्ने तालिका भए पनि वर्षाका कारण खेल रद्द भएको थियो। त्यसअघि एसीसी महिला टी–ट्वेन्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको थियो।

आज सुरु हुने शृंखलाको उद्घाटन खेलमा आयोजक मलेसियाले कुवेतको सामना गर्नेछ। नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते कुवेत र लिग चरणको अन्तिम खेलमा ८ गते मलेसियासँग खेल्नेछ। समूहका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् भने पुछारका दुई टिमले तेस्रो स्थानका लागि खेल्नेछन्।

सामसङजंग थापाको मुख्य प्रशिक्षणमा रहेको नेपाली टिममा तीन नयाँ खेलाडी छन्। नेपाली टिमले शृंखलापछि थाइल्यान्डसँग एउटा अभ्यास खेल खेल्ने तालिका छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।