हामीसँग जोडिनुहोस

डोलेश्वरले विश्वमा नेपालको धार्मिक पहिचान बढाएको छ : मन्त्री भण्डारी

1 मिनेट
भक्तपुर, ६ भदौ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरले विश्वमा नेपालको धार्मिक पहिचान बढाएको बताउनु भएको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर बिकास समितिले आज साँझ आयोजना गरेको ३८ दिने साउनी मेला समापन कार्यक्रममा बोल्दै उहाँले नेपालको मात्रै नभई भारतलगायतका बिभिन्न देशबाट आउने तीर्थालुले यहाँको पहिचानलाई अझै बढाएको बताउनु भयो ।
उहाँले डोलेश्वर महादेवले यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक बिकास गर्नुको साथै बिभिन्न देशमा नेपालकै नाम उच्च राख्न सफल भएको बताउनु भयो । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा यस क्षेत्रको बिकास र प्रचार आवश्यक रहेको मन्त्री भण्डारीले चर्चा गर्नुभयो । उहाँले मन्दिरमा साँझको आरतीमा सहभागि हुनु भएको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।