हामीसँग जोडिनुहोस

डोलेश्वर अहिले देशकै पशुपतिनाथ मन्दिर पछिको दोश्रो धार्मिक तीर्थस्थलको रुपमा बिकास हुदै : प्रदेश सांसद थापा

2 मिनेट

भक्तपुर, ६ भदौ : वागमति प्रदेश सभा सदस्य एवं डोलेश्वर महादेव मन्दिर समितिका पूर्व कार्यबाहक अध्यक्ष किरण थापाले डोलेश्वर अहिले देशकै पशुपतिनाथ मन्दिर पछिको दोश्रो धार्मिक तीर्थस्थलको रुपमा बिकास भएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर बिकास समितिले आज साँझ आयोजना गरेको ३८ दिने साउनी मेला समापन कार्यक्रममा बोल्दै उहाँले २०६६ सालमा केदारनाथको शीर घोषणा गरेको यस मन्दिरको पुर्ननिर्माण, चौबन्दी सत्तल, चौसठ्ठी शिवलिङ्ग, पाञ्चायन मन्दिर, मूल गेट, हनुमान मन्दिर, बसाह स्थापनालगायतका धेरै काम सम्पन्न भएको बताउनुभयो ।

उहाँले १० वर्ष आफूले यस समितिमा सचिव, वरिष्ट उपाध्यक्ष, कार्यबाहक अध्यक्ष भएर यहााको बिकासमा टेवा पुर्याएको बताउदै उहाँले आफू वडाध्यक्ष हुँदा र अहिले प्रदेशसभा सदस्य हुँदा पनि यहाँको बिकासका लागि निरन्तर लागिरहेको बताउनुभयो ।

निरन्तर रुपमा बिभिन्न कालखण्डमा यहाँको बिकासमा समितिनका सबै व्यक्ति, स्थानीयवासी, जग्गा तथा चन्दा दाताहरु, तीनतहकै सरकार, पुजारीलगायत धेरैको योगदान रहेको चर्चा गर्दै उहाँले यहाँको बिकासमा अझै अधूरा रहेको पूर्वाधार निर्माणलगायतको काम सम्पन्न गर्न सबै लाग्नु पर्ने बताउनुभयो ।

डोलेश्वर अहिले देशकै पशुपतिनाथ मन्दिर पछिको दोश्रो धार्मिक तीर्थस्थलको रुपमा बिकास भएको छ भन्दै उहाँले मन्दिरले सिपाडोल क्षेत्रको आर्थिक, पूर्वाधार बिकासमा ठूलो टेवा पुगेको बताउनु भयो । मन्दिरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि देशको प्रमुख व्यक्तित्वहरु, मन्त्रीहरु, बिभिन्न निकायका व्यक्तित्वहरु र भारतबाटसमेत विशिष्ट व्यक्तिहरुको आगमनले यहाँको गरिमा अझै बढाएको बताउनुभयो ।

उहाँले सिपाडोलकै अर्को ऐतिहासिक एवं धार्मिक आस्था रहेको आशापुरी महादेव मन्दिरमा पुग्ने कच्ची बाटोलाई पक्कि बनाउन नसक्दा यहाँ दुर्घटना होला भन्ने डर सधै रहने गरेको बताउनु भयो । यहाँको सडक बिस्तार, कालोपत्र गर्नेलगायतका काम गर्दै हिन्दुहरुको मुख्य धार्मिक तीर्थस्थलका रुपमा बिकास गर्न सबै लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले एक रोपनी जग्गा क्षेत्रफल भएको डोलेश्वरमा अहिले बिभिन्न दाताहरुबाट आएको दान एवं खरिदबाट २५ रोपनी क्षेत्रफलमा फैलिएको बताउदै यहाँको बिकासमा वडा, नगरपालिका, प्रदेश र संघीय सरकारबाट बजेट ल्याएको बताउनु भयो ।

उहाँले नगरपालिकाले आजको दिनमा सार्वजनिक बिदा दिएको बताउदै सूर्यविनायक नगरपालिकाको मात्रै नभई सिंगो नेपालको धार्मिक आस्थाको धरोहरको रुपमा डोलेश्वर स्थापित हुदै गएको बताउनुभयो ।

कार्यक्रममा समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति धर्मराज बस्नेतले केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको घोषणा भएको आजको दिनमा मन्दिरका चारै ढोका खुला गरि दर्शनार्थीलाई मन्दिरभित्रै प्रवेश दिएर शिला छोएर पुजा गने व्यबस्था गरिएको बताउनुभयो ।
उहाँले प्रत्येक वर्ष महाशिवरात्री, अक्षय तृतिया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला राखेर भक्तजनलाई महादेवको आफै पूज  गर्ने व्यबस्था गरेको बताउनुभयो । उहाँले साउन १ गतनेबाट सुरु भएको साउनी मेला ३८ दिनमा आज समापन भएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।