हामीसँग जोडिनुहोस

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनःगठन

1 मिनेट

मनहरी, ७ भदौ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् पुनःगठन एर्व कार्यविभाजन गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले आज नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसबमोजिम मन्त्रिपरिषद् पुनःगठन एवं कार्यविभाजन गर्नुभएको हो ।

बागमती प्रदेश सरकारमा बहादुरसिं लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, तीर्थबहादुर लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, डा राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपक्षी मन्त्रालय, लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, पुकार महर्जनलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र मसिना खड्कालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ ।

सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय रहेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।