हामीसँग जोडिनुहोस

उपप्रधान एवं रक्षामन्त्री खड्काद्धारा पार्टी कार्यालय उद्घाटन

1 मिनेट

भक्तपुर, ८ भदौ । नेपाली काँग्रेसका उपसभापति, नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चाँगुनारायण नगरपालिका नेपाली काँग्रेस ५ नं. वडा कार्यालयको उद्घाटन गर्नु भएको छ । नेपाली काँग्रेस ५ नम्बर वडा कार्यालयले आजबाट सञ्चालनमा ल्याएको कार्यालयको बोर्ड अनावरण गर्दै उहाँले उद्घाटन गर्नु भएको हो ।

कार्यालयको निरीक्षणसँगै उहाँले कार्यालयको माइन्युटिमा हस्ताक्षर गर्नुभयो । उहाँले नेपाली काँग्रेस जिल्लामै ठूलो र बलियो पार्टी भएर उभिन गाउँस्तरदेखिनै कार्यकर्ताहरु एकताबद्ध भएर परिचालन हुनुपर्ने बताउनु भयो ।

उहाँले काँग्रेसबाट निर्वाचन तिेर आउनु भएका जनप्रतिनिधिहरुले जनताको गुनासो नआउने गरि काम गर्नु पर्ने बताउनु भयो । यहाँका बिकासका लागि आफूले पहल गर्ने बताउनुभयो ।

त्यस अवसरमा प्रतिनिधि सभाका सांसद एवं काँग्रेस जिल्ला सभापति दूर्लभ थापाले सबै वडामा कार्यालय सञ्चालन गर्दै वडादेखिनै कार्यकर्ता परिचालनमा टेवा पुर्याउने बताउनुभयो ।

वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, वागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेल, नगर प्रमुख जीवन खत्री, वडाध्यक्ष जयन्द्र खड्का, काँग्रेसका नेताहरु यादव अधिकारी, शिवहरि केसीलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

नगर प्रमुख जीवन खत्री, वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्काले छालिङ्ग जाने सडक बिस्तारमा नेपाली सेनाबाट सहयोगका लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो । उद्घाटन पछि वडा समितिका अध्यक्ष रबि गिरीले खुसी व्यक्त गर्दै सबै नेता प्रति धन्यवाद व्यक्त गर्नु भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।