हामीसँग जोडिनुहोस

वडाध्यक्ष जोशीसहित कटुञ्जेमा ५८ जनाद्धारा रक्तदान

1 मिनेट

भक्तपुर, १६ भदौ । नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं ५ वडा कमिटी कटुन्जेद्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा वडाध्यक्ष राजकुमार जोशीसहित ५८ जना रक्तदाताले रक्तदान गर्नु भएको छ ।

नेकपा एमाले पोलिटब्युरो सदस्य एवंं युवा नेता महेश बस्नेतको प्रमुख आतिथ्य तथा वागमति प्रदेश सभा सदस्य किरण थापाको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उहााले रक्तदातालाई रक्त ब्याग प्रदान गरेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा पूर्वमन्त्री बस्नेत र प्रदेश सभा सदस्य थापाले रक्तदातालाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नेता बस्नेतले बिकाश निर्माणको काम नेकपा एमालेको पहलमा जति भयो त्यति बिकास यसअघि हुन नसकेको र भविश्यमा पनि अरु कसैले गर्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, एमालेले गरेको बिकास जस्तो तिब्र गतिको बिकास न हिजो कसैले गरेको थियो, भोलीका दिनमा न अरु कसैले गर्छ, यहाा बिकास एमालेले माधै गर्छ, तयो जनताले बुझिसकेका छन् । त्यसैले नेकपा एमाले बिकाश निर्माणमा जुनसुकै पहल लिन तयार रहेको बताउदै सत्ता बाहिर रहदा पनि एमालेले बिकासको लहरलाई नछाडेको बताउनु भयो ।

कार्यक्रममा वागमति प्रदेश सभा सदस्य किरण थापाले स्थानीय तह, प्रदेश सभा र संघीय सरकारबाट एमालेको पहलमा आएको बजेटले हिजोदेखि आजसम्म बिकास भइरहेको भन्दै बााक िकाम पनि एमालेकै नेतृत्वमा अगाडि बढ्ने बताउनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।