हामीसँग जोडिनुहोस

ओली नेतृत्व सरकारको पालामा विनियोजित बजेटबाट नेता बस्नेतले गरे ‘तर्खगाल–पात्लेटार–विरुवा’ सडक शिलान्यास

5 मिनेट

भक्तपुर, १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको तत्कालिन सरकारको पालामा एमालेका युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतको पहलमा विनियोजित गरेको ‘तर्खगाल–पात्लेटार–विरुवा’ सडक निर्माणको रु.पाँच करोडको बजेट बल्ल कार्यान्वयनमा आएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं.४ को पात्लेटार स्वास्थ्य आमा समुहले आज आयोजना गरेको कार्यक्रममा बजेट विनियोजन भएको तीन वर्ष पछि नेकपा एमालेका पोलिटव्यूरो सदस्य बस्नेतले ‘तर्खगाल–पात्लेटार–विरुवा’ रणनीतिक सडक खण्डको निर्माणको आज शुभारम्भ गर्नु भएको छ ।

ओली नेतृत्वको सरकारको पालामा गाउँ गाउँमा पक्कि सडक पुर्याउने अभियान अन्तर्गत पूर्व सांसदसमेत रहनु भएका नेता बस्नेतले संघीय सरकारको पाँच करोडको बजेट पारेपन गठबन्धनको सरकार बनेसँगै उक्त सडकको बजेट कटौती गर्न संघीय सरकार र भक्तपुरका संघीय सांसद लागे पछि बजेट निकासामा ढिलाई हुँदा सडक निर्माण ढिलाई भएको एमाले नेता बस्नेतले बताउनुभयो ।

संघीय सरकारले विगत तीनवर्षदेखि उक्त सडकको बजेटनै काट्न लागेपछि नेता बस्नेतको निरन्तर पहलका कारण उक्त बजेट काट्न सरकार असफल भएको थियो । भक्तपुरको विकास र समृद्धिको लागि आफु निरन्तर लागिरहको र अझै लागिरहने बताउदै उहाँले अहिले संसदमा बोल्न नपाएपनि संसद बाहिर जिल्ला जिल्लामा आफूले बालेको आवाजले राष्ट्रिय राजनीतिमा महत्व राखेको बताउनु भयो ।

एमाले नेता बस्नेतले भन्नुभयो, “संसदमा गएर बोल्दा मात्र आवाज सुनिन्छ, अन्त गएर बोल्दा आवाज सुनिदैन, अन्त बोल्ने ठाउँनै छैन भन्ने मान्यता गलत हो, म भक्तपुरमा बोले पनि सिन्धुली गएर बोले पनि, धनकुटामा बोले पनि राष्ट्रिय राजनीतिमा नै त्यसले महत्व राख्छ, देश र जनताको लागि मैले जहाँ गएर बोलेपनि त्यसले राजनीतिमा महत्व राख्छ ।”

जो ठाउँ पाएर पनि बोल्न सक्दैन त्यस्ता मान्छे सांसदनै भए पनि जनताको लागि कुनै अर्थ राख्दैन भन्दै उहाँले कांग्रेसले आफ्नो वीपीवादलाई त्यागेर चर्चितवादमा रमाउँदा भक्तपुरमा निर्माण हुन लागेको स्मार्ट सिटीसँगै यहाँका ठूला–ठूला आयोजनाहरुको विरोध गर्ने र बजेट कटौती गर्न मरिहत्ते गरेर लाग्नुले भक्तपुर काँग्रेसको भक्तपुरको बिकासप्रतिको दृष्टिकोण स्पष्ट भएको टिप्पणी गर्नुभयो ।

भक्तपुरका जनताको मतले जितेर संघीय संसदमा काँग्रेसबाट निर्वाचित भएर गएका भक्तपुरका सांसदहरुले अहिलेसम्म पनि यहाँको विकास र समृद्धिको भाग्य तथा भविष्यमाथि कुठराघात गरेको उहाँको आरोप थियो । संसदमा पुगेपछि आफ्नो ठाउँको बिकासका लागि संसदमा आवाज उठाउनु पर्ने, मन्त्रालयहरुमा धाएर बिकासको बजेट ल्याउनु पर्ने सांसदको कर्तव्यलाई बिर्सेर उल्टै आएको बजेटसमेत काटेर बिकास बिरोधी काम गर्ने सांसदप्रति यहाँका जनताले यतिखेर धिक्कारिरहेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले अहिलेको सरकार यहाँका जनप्रतिनिधि तथा निदाएर बसेका छन् भन्दै विकास गर्नुपर्छ, जनताको पक्षमा काम गर्नुपर्छ भनेर विरामीको बहाना बनाएर समय विताउँदै जनताको भाग्यमा ठगिरहेको बताउनुभयो ।

एमाले नेता बस्नेतले भन्नुभयो, “कांग्रेसको सरकार आएपछि भक्तपुरको विकासका बजेट अरवौं रकम कटौती भएको छ । स्मार्ट सिटी हामीलाई चाहिँदैन भन्दै बोल्दै हिड्नु भएको छ, आधुनिक बिकासको पत्तो छैन । दुवई, जापान, मलेसिया घुम्न जादा स्माटै सिटी देखेर आउँछन् तर नेपालमा स्मार्ट सिटी बनाउनु हुँदैन भन्छन्, । के भक्तपुरका खाली भुभागलाई नयाँँ असन, इन्द्रचोक जस्तै पुराना बस्ती बनाउन खोजेको हो ? हैन पनि जतिबेला पनि बिकाश बिरोधी भाषण, बिकास बिरोधी काम मात्रै किन ।”

उहाँले आफू सांसद हुँदा भक्तपुरका जनताको जीवनस्तर उकास्न परिवर्तन ल्याएको बताउदै उहाँले आफ्नै पहलबाट तीन वटै तहका सरकारको सहयोगमा कसैले नसोचेको विकास गर्न सफल भएको र अहिले सांसद नहुँदा पनि यहाँको बिकासका लागि उत्तिकै लागिरहेको बताउनुभयो ।

भ्रष्टाचारको विरुद्ध आफु जहिले पनि उभिएको र उभिने प्रतिबद्धता जाहेर गर्दै उहाँले एमालेका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा नमुछिएको र मुछिएको पाईए कारवाहीका लागि नेतृत्व आफैले गर्ने घोषणा गर्नुभयो ।

भक्तपुरको विकास नेपालकै नमुना बनाउने क्रममा आफुमाथि हनुमन्ते करिडोरमा भ्रष्टाचार गरेको तथा जग्गा रहेको भनि कांग्रेस–माओवादीबाट परिचालित तारा बरालजस्ता व्यक्तिहरुले गलत आरोप लगाए पनि आरोप पुष्टी गरेर देखाए पुरस्कार दिने समेत घोषणा गर्नुभयो ।

नेता बस्नेतले भन्नुभयो, “भ्रष्टाचारीको विरुद्धमा महेश बस्नेत सधै अगाडि उभिन्छ, र उभिएको पनि छु । नेपाली कांग्रेसका नेता, माओवादीका सांसद राजन दाहाल, तारा बराललागयतले म माथि लगाएको हनुमन्तेमा महेश बस्नेतको नाममा जग्गा छ भन्ने आरोप पुष्टी गर्न म चुनौति दिन्छु, पुष्टी गरेर देखाउनुस्, त्यो सवै तपाईकै हुनेछ । हिजो १५ करोड ल्याएको ठाउँमा १५ लाख बजेट ल्याएर देखाउने, हिम्मत छ ? बालकुमारी–रानीकोट सडकमा ४० करोड बजेट ल्याएका थियौँ, त्यो काटेर अहिले ५ लाख बजेटमा झारेको छ । अहिलेकै अबस्थामा हुने हो भने एमालेले एक वर्षमा गरेको विकास यिनीहरुले ८०० वर्षमा मात्र गर्न सक्छन् । त्यसैले आलोचना र आरोप हैन, काम गरेर देखाउनुस् । एक रोपनी जग्गा बेचेर एक करोड तिर्छु भन्ने जनताले अहिले तीन आना बचेर ऋण तिर्न सक्ने बनाएका छौं ।”

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य किरण थापाले एमालेले जितेको विगत पाँच वर्षको समयलाई जनताले नियाली रहेको बताउदै एमालेले तीन तहकै सरकारको मातहतबाट बजेट ल्याएुर यहाँ बिकासको मूल फुटाएको बताउनु भयो । उहाँले यहाँको अधिकांश सडकलाई कालोपत्र बनाएको, नयाँ सडकको ट्रयाक खोलेको, सडकको लागि आवश्यक दर्जनौ पुलहरु बनाएको, कृषि, पर्यटनको बिकासमा लागेको, आफ्नै अस्पताल बनाएको बताउनुभयो ।

आज पनि आफू हिजो बाँकी भएका बिकासका कामहरु पुरा गर्न र जनताको आवश्यकता पहिचान गर्दै थप बजेट ल्याएर बिकासका काममा लागिरहेको बताउदै उहाँले जनताले भरोसा र विश्वास गर्ने एक मात्र पाटी एमाले रहेको बताउनुभयो ।

कार्यक्रममा एमाले नेता तथा वागमति प्रदेश सभाका पूर्वसांसद शसीजंग थापाले विगत पाँच वर्षको समयमा एमालेले संघीय सरकार र प्रदेश सरकारबाट अत्याधिक बजेट ल्याएर यहाँका सडक, पुल, झोलुङे पुल, भ्यू टावर, मठ मन्दिर निर्माण गरेको भन्दै नगरपालिकाको सहयोग पनि उत्तिकै रहेको चर्चा गर्नुभयो ।

त्यस अवसरमा सूर्यविनायक नगरपालिका–१ का वडाध्यक्ष सानुकाजी कायस्थ लगायतले विकास र समृद्धिकोमा एमालेको महत्वपूर्ण भूमिकालाई जनताले बिर्सन नहुने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।