हामीसँग जोडिनुहोस

प्रहरी महानिरीक्षकद्धारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडाई गर्न निर्देशन

1 मिनेट

काठमाडौँ, १९ भदौ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणलाई चुस्त पार्न निर्देशन दिनुभएको छ ।

विमानस्थलबाट सुन, लागुऔषत, तथा अवैध मुद्रा तथा सामानको तस्करीका घटना सार्वजनिक भइरहेका बेला आज विमानस्थल सुरक्षा कार्यालयको स्थलगत निरीक्षण भ्रमण र ब्रिफिङ लिन पुग्नुभएका महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।

उहाँले निःस्वार्थ भावनाका साथ नागरिकको सेवा गर्न तथा विमानस्थलबाट आवतजावत गर्ने यात्रुको गुनासा सम्बोधन गर्दै भरपर्दो सुरक्षा प्रदान गर्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभएको छ ।

महानिरीक्षक कुँवर पछिल्लो समयमा उपत्यकाका विभिन्न ब्यूरो तथा कार्यालयको स्थलगत निरीक्षण भ्रमण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशनको क्रममा हुनुहुन्छ । केही अघि मात्रै उहाँले लागुऔषध नियन्त्रण ब्यूरो र मानब बेचबिखन अनुसन्धान ब्यूरोको स्थलगत निरीक्षण भ्रमण गरी मातहतका कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको थियो ।

पक्राउ परेका खरेललाई काठमाडौँ ल्याइयो, भोलि म्याद लिइने

झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि कपिलवस्तुबाट पक्राउ परेका रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई आज साँझ काठमाडौँ ल्याइएको छ ।

आज समय अभावमा कारण अदालतबाट म्याद लिन नभ्याइएकाले भोलि म्याद थप गरी अनुसन्धान अघि बढाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । यसअघि भारतमा लुकीछिपी बस्दै आएका खरेललाई सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरी लैजान लागेका बेला काठमाडौँको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो । ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ ।

सुन तस्करी प्रकरणको थप सूचना लिन प्रहरीको एउटा टोली भारत गएको छ । प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङकङ जानुभएको छ ।
–––

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।