हामीसँग जोडिनुहोस

नेपाल औषधि व्यवसायी संघ भक्तपूरको तेश्रो साधारणसभाले भुषालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

2 मिनेट

भक्तपुर, ७ पुस । नेपाल औषधि व्यवसायी संघ भक्तपूर जिल्ला शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः नारायणप्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

भक्तपुरमा आज सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बिनोदकुमार सापकोटा, थोक आयात तर्फ उपाध्यक्षमा किरण माकाजु श्रेष्ठ, खुद्रा तर्फ उपाध्यक्षमा सिताराम खाइतु, महासचिबमा संचार सिंह तामाङ, कोषाध्यक्षमा चेतन शाक्य, सचिवमा कपिल कसपाल, उप–कोषाध्यक्षमा तर्नबहादुर श्रेष्ठ, सदस्य थोक तर्फ कृष्णराज बुढाथोकी, सदस्य खुद्रा तर्फ मणिराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा शर्मिला लोहला, रोहित मानन्धर, सुनिल कोजु र मनोनित सदस्यमा मुरारी नेपाल चयन हुनु भएको कार्यक्रम सञ्चालक एवं सचिव कसपालले जानकारी दिनुभयो ।

त्यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खंन्डलेवालले राज्यले औषधि व्यवसायलाई नियमन गर्ने नाममा दुःख दिने नियत राख्न नहुने बताउनु भयो ।

उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले औषधि बिक्रीमा हालै ल्याएको नितीले वयबसायलाईनै समस्या परेकाले तत्काल कार्यान्वनमा कठिनाइ आएको बताउनुभयो । उहाँले व्यवसायीले मानवीय स्वास्थयमा संवेदनशील औषधिको बिक्रीमा गम्भिर हुनु पर्ने कतिपय नियम कानुनलाई कार्यन्वयन गर्दै जाने बताउनुभयो ।

केन्द्रयि अध्यक्ष खंन्डलेवालले अनुगमनको नाममा राज्यका बिभिन्न निकायले व्यवसायीलाई दुःख दिने काम गरेको बताउनुभयो । उहाँले भन्नभयो, ‘हामी मर्यादित भएर व्यवसाय चलाईरहेका छौँ, कही कमि कमजोरी भए व्यवसायीले त्यसलाई सुधारेर लैजानु पर्छ, हामी सुधार गर्न पनि तयार छौँ, तर बिभिन्न बाहनामा व्यवसायीलाई तर्साउने कार्य बन्द हुनु पर्छ, अनुगमनका नाममा बन्दुक बोकेका प्रहरी ल्याएर मनोबैज्ञानिक रुपमा तर्साउने कार्य गलत हो, अनुगमनमा व्यवसायीलाई पनि समेट्नु पर्छ ।’

कार्यक्रममा भक्तपूर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले मानवीय स्वास्थ्यसंग जोडिएकाले औषधि व्यवसायलाई गम्भिर ढंगले व्यवसाय गर्नु पर्नेमा जोड दिनुभयो ।

भक्तपुर उद्योग वाणिज्य संघका भक्तपुरका अध्यक्ष शिव प्रसाद मानन्धर, भक्तपूर चेम्बर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठ, नेपाल औषधि व्यवसायी संघका केन्द्रीय महासचिव श्रीधर खनाल, वाग्मति प्रदेशका अध्यक्ष ध्ूबनारायण श्रेष्ठ, प्रदेश महासचिव सुनिल श्रेष्ठ, संघका काठमाडौं जिल्ला कार्यबाहक अध्यक्ष शुभमान श्रेष्ठ, संघका ललितपुर जिल्ला शाखाका अध्यक्ष इन्द्रबीर महर्जनलगायतले औषधि व्यवसायलाई मर्यादित बनाउनु पर्ने र अस्वस्थ्य प्रतिस्पर्धालाई अन्त्य गर्दै एकरुपता ल्याउनुृ पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघका काभ्रे जिल्ला अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, धादिङ्ग जिल्ला अध्यक्ष नवराज लम्साल, नुवाकोट जिल्ला अध्यक्ष टलकमान श्रेष्ठ, भक्तपुर अस्पतालका अध्यक्ष्य रमण कायस्थलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सभापति एवं भक्तपुर शाखाका अध्यक्ष नारायणप्रसाद भुसालले सरकार व्यवसायमैत्री हुन नसक्नु दुर्भाग्य भएको बताउदै औषधिको मूल्यमा एकरुपता हुनुपर्नेमा जोड दिनृुभयो । औषधि व्यवसायलाई समस्यामा पार्ने गरि संसदमा पेश भएका बिधेयक, केही स्थानीय सरकारले लिएका नीतिले पनि सरकार व्यवसाय मैत्री नभएको प्रष्ट हुने उहाँको भनाइ थियो । व्यवसायीहरु एक जुट भएर स्थानीय, प्रदेश र केन्द्रीय सरकारसंग व्यवसायीको आवाज पुर्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।