हामीसँग जोडिनुहोस

१० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिपमा भक्तपुरका तीन जनाले जिते पदक

1 मिनेट

भक्तपुर । भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप २०२३ मा भक्तपुरका तीन जनाले पदक हात पारेका छन् ।

खेलाडीहरु रत्नसुन्दर ङाखुसीले आईबिपिच्याम्पियनसिप अन्तर्गत ८५ केजीमा प्रथम, भक्तपुर घर भई पोखरामा बस्दै आएका राजेश सुवालले आईबिपिच्याम्पियनसिप अन्तर्गत ९५ केजी तौल समूहमा रजत पदक र सरु लाखाजुले आईबिपिच्याम्पियनसिपमा ७६ केजीमा दोस्रो स्थान हासिल गरेका छन् ।

लालबहादुर शास्त्री स्टेडीयममा ४ दिनसम्म संचालित खेलमा युरोप,अमेरिका र एशिया लगायतका १६ मुलुकको ३०० भन्दा धेरै खेलाडीको सहभागिता रहेको थियो ।

खेलाडी राजेश सुवालले मास्टर १ को ९५ केजि तौल समुहमा १३५ केजी र १४२.५ केजि गरी कुल २७७.५ केजी उठाई अन्य देशका प्रतिस्पर्धीलाई पाखा लगाई दोस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

राजेशले ३ बर्षअघि भारतमा नै भएको विश्व पावर लिफ्टिङ्ग प्रतियोगितामा पनि पदक जित्न सफल भएका थिए । उनी विगत २ दशक देखि बडिबिल्डिङ्ग तथा फिटनेश पेशामा सक्रिय रुपमा कार्य गर्दै आएका छन् ।

आईबिपि च्याम्पियनसिप २०२३ मा नेपालको तर्फबाट सहभागी खेलाडीहरु मध्येबाट १६ स्वर्ण, १४ रजत र ४ कास्य पदक जित्न सफल भएका छन् । १६ मुलुकमध्ये धेरै पदक जित्नेमा नेपाल दास्रो स्थानमा रहन सफल भएको खेलाडी राजेश सुवालले जानकारी दिए ।

यस खेलमा १३ बर्ष देखि ८० बर्षसम्मका वजन समुहका खेलाडीहरुको सहभागिता रहेको थियो । सन् २०२५ मा विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप नेपालमा आयोजना गर्ने योजना रहेको नेपाल स्ट्रेन्थ लिफ्टिङ्ग फेडरेशनका महासचिव जीवन गिरीले जनाए ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।