हामीसँग जोडिनुहोस

आकाश भैरबको व्यबस्थापनार्थ अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण

1 मिनेट

भक्तपुर, १० पुस । मार्गशीर्ष शुक्ल पूर्णिमा योमरी पूर्णिमाको दिन आज साँझ भक्तपुरको प्रसिद्ध, ऐतिहासिक एवं धार्मिक महत्व बोकेको भक्तपुरको टौमढीस्थित आकाश भैरब मन्दिरको व्यबस्थापनका लागि अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरिएको छ ।

भैरब मन्दिर परिसरमा आज भक्तपुर नगरपालिका–१० बेखाल बस्ने पिता कृष्णबहादुर सुवाल, माता पूर्णमाया सुवाल र धर्मपिता कान्छा सुवालका पुत्र शिवराम सुवालले भैरनबनाथ मन्दिरको व्यबस्थापनार्थ अक्षयकोष खडा गर्न आज सात लाख ७७ हजार ७७७ रुपैयाँ मन्दिरका पुजारी मूल नाइके लक्ष्मीभक्त घेमसु र पुजारी कृष्णभक्र छुँकालाई हस्तान्रतरण गर्नु भएको छ ।

टौमढीमा सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहदै आएको स्थानीइ टौमढी युथ क्लबका अध्यक्ष शिवराम भुजुको विशेष पहलमा अक्षयकोष खडा गर्न उक्त रकम हसन्तरण भएको कार्यक्रमका सञ्चालक एवं टौमढी युथ क्लबका पूर्व अध्यक्ष विजयप्रसाद धौभडेलले जानकारी दिनुभयो ।

मन्दिरका पुजारी छुँकाले मन्दिर व्यबस्थापनका लागि आर्थिक अभाव भएको जानकारी गराएपछि अक्षयकोष खडा गर्न रकम जुटेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय समाजसेवी अनन्तप्रसाद धौभडेलले यहाँको सम्पदा, धार्मिक तथा ऐ्तिहासिक महत्वको मन्दिर व्यबस्थापनमा अक्षयकोष स्थापनाको लागि भएको रकम हस्तान्तरण राम्रो काम भएको भन्दै यस्तो कार्यमा सबैको सहयोग आवश्यक रहेृको बताउनु भयो । उहाँले मन्दिरलाई रकम उपलब्ध गराउने परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।