हामीसँग जोडिनुहोस

विगतका सरकार भन्दा वर्तमान् सरकारको एक वर्ष सफल, जनआकांक्षा अनुसार काम हुन सकेन : मिन बिश्वकर्मा

1 मिनेट

भक्तपुर, ११ पुस : नेपाली काँग्रेसका सूचना तथा प्रचार प्रसार बिभाग प्रमुख मिन बिश्वकर्माले गठबन्धन सरकारको एक वर्षको कार्यकाल विगतमा भन्दा सफल भएको बताउनु भएको छ ।

आज रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवाद कार्यक्रममा बोल्दै उहाँले संविधान कार्यान्वयन, सुशासन, सम्बृद्धि, बैदेशिक व्यापाार घाटामा सुधार, परराष्ट्र नीतिमा सुधार गर्न वर्तमान् सरकार विगतको दुईतिहाई नजिकको नेकपा सरकार भन्दा सफल भएको दाबी गर्नुभयो ।

बेवारिसे नागरिकता बिधेयक कार्यान्वयनमा आउनु, बिभिन्न ऐन, कानून संसदमा पेश भएर पारित हने चरणमा पुग्नु, भ्रष्टाचार नियन्त्रणमा सकारात्मक प्रयास अगाडि बढ्नु अहिलेको सरकारको उपलब्धी भएको उहाँको भनाइ थियो ।

काँग्रेस नेता विश्वकर्माले भन्नुभयो, “भ्रष्टाचारका सबै फाइल खोल्छु भनेर गृहमन्त्रीले भने पनि भ्रष्टाचारका रहर लागेका फाइल खुल्ने तर जनताले दबाब दिएका फाइल नखुल्ने गरेको छ, भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्न सकेको छैन, अर्थतन्त्रमा अपेक्षित रुपमा सुधार हुन सकेको छैन, अब कडाइका साथ त्यता लाग्नु पर्छ ।”

बजारमा चले अनुसरा अर्थतन्त्रको अवस्था डामाडोल नभएको र क्रमिक रुपमा सुधार हुँदै गएको बताउँदै अथतन्त्र परनिर्भताकै कारण सोचे अनुसार सुधार हुन नसकेकाले स्वद्ेशमै उत्पादन बृद्धि गर्नु पर्ने बताउनुभयो ।

बिभिन्न अपराधिक गतिबिधिमा लागेको आरोप लागेको रोज राणालाई लुम्बिनी प्रदेशको उधोग मन्त्री बनाउनु पार्टीको दोष नभएको भन्दै जनताले चुनाबमा जिताएर पठाए पछि सहज भएको बताउनुभयो ।  जनताले प्रदेशसभा सदस्य जिताएर पठाउँदा सम्म कसैले केहि नभन्ने र कुनै कम्जोरी, उजुरी नपरेकाे भएता पनि हाल जनताले अनुमाेदन गरेर पठएका प्रदेश सभासदस्यमाथि मन्त्री बन्नसाथ अनावश्यक आरोप नलगाई तथ्य आरोपका आधार भए कारवाहीको भागी हुने . तथ्य आधार नभएकाे अवस्थामा आनबश्यक मिडियाबाजि गरी चरीत्र हत्या गर्न नहुने बताउनुभयो ।

पुराना राजनितिक दलहरुको केही कमजोरीलाई समातेर केही धर्मभिरु र राजावादीले व्यबस्थाको बिरोध गरेपनि व्यबस्था परिवर्तन नहुने उहाँको भनाइ थियो । नेपालको कुटनीतिक पाटो मौसमी रहेता पनि गठबन्धनको सरकार पश्चात कुटनीतिक पाटो सबल बन्दै गएको र केहि सुधारको पक्ष देखिएको पछिल्ला अन्तराष्ट्रिय स्तरमा नेपाल सरकारले जनाएको उपस्थितिबाट प्रष्टिने बिश्वकर्माको भनाई छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।