हामीसँग जोडिनुहोस

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु. काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिद्धारा उद्घाटन

2 मिनेट

भक्तपुर, २४ पुस : नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले खेलकुदबाट राजनीतिमा अनुशासन सिक्नु पर्ने बताउनु भएको छ ।

आज नेपाल भारोत्तोलन संघले मध्यपुरथिमिमा आयोजना गरेको २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले राजनीति फोहोरी खेल भएकाले राजनीतिलाई अनुशासिन बनाउन खेलकुदबाटै सिक्नु र सिकाउनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “खेलकुदले अनुशासन सिकाउछ, अनुशासित बनाउँछ, राजनीति फोहोरी खेल हो, राजनीति र नेताले अनुशासन खेलकुदबाटै सिक्नु पर्छ तबमात्र राजनीति सुध्रन्छ ।”

उहाँले खेलकुदबाटै देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको भन्दै बिराटनगरमा भारोत्तोलन खेलको प्रतिस्पर्धामक प्रतियोगिताको आयोजना गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा उहााले बिभिनन व्यक्तिहरुलाई कदर पत्र प्रदान गर्दै सम्मान गर्नुभयो ।

आजदेखि २६ गतेसम्म तीनदिन चल्ने प्रतियोगितामा २१ जिल्लामा २०१ जना खेलाडीको प्रतियोगितामा सहभागिता रहेको भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले बताउनुभयो ।

पुरुष र महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा सुरु भएको भन्दै उहाँले प्रतियाृगितामा सहभागिता रहेका देशभरबाट आएका खेलाडीलाई खाना र बसोवासको व्यवस्था संघले नै गरेको बताउनुभयो ।

प्रतियोगिता अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, एसियाली भारोत्तोलन महासंघ र नेपाल भारोत्तोलन संघको नियम अनुसार खेलाईको बताउदै उृहाँले प्रतियोगिता सञ्चालन गर्न करिब ८६ लाख रुपैयाँ खर्च हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा विभिन्न चार तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ र १०९ केजी माथि, यूथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ केजी माथि, जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी माथि तथा यूथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिलातर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कुल २७० तथा पुरुषतर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्यसहित २७० गरी कुल ५४० पदकका लागि प्रतिस्पर्धा भइरहेकहो छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।