हामीसँग जोडिनुहोस

चाँगुनारायाण नगरपालिकाद्धारा सहकारी सदस्यहरुलाई भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण

2 मिनेट

भक्तपुर २ माघ : २६ औ भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले वडास्तरिय विपद् व्यवस्थापन समितिको समन्वयमा स्थानीय सहकारीसंगको सहकार्यमा भूकम्पीय सुरक्षा सम्बन्धि १ दिने अभिमुखिकरण सञ्चालन शुरु गरेकोछ । “स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ ।” भन्ने नाराकासाथ आज देशभर विविध गतिविधिहरु संचालन गरी २६औँ भूकम्प सुरक्षा दिवस मनाइदैछ।

आज भूकम्प सुरक्षा दिवसको दिन चाँगुनारायण नगरपालिका वडा नं ९ को दवी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरुलाई देवी मा.बिमा तथा वडा नं ८ को महिला जागरण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका सदस्यहरुलाई ठुली ब्रम्हायणी आधारभूत विद्यालयमा अभिमुखिकरण संचालन गरिएको थियो ।

ताथलीमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा वडासदस्य एवं कार्यपालिका सदस्य कमला गिरीले चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनको क्षेत्रमा प्रभावकारी गर्दै आएको बताउनुहुदै आगामी बर्षको बजेटमा विपद् व्यवस्थापनको लागि थप बजेट तथा कार्यक्रम समावेश गर्न पहल गर्ने बताउनु भयो ।

अभिमुखिकरणमा चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनमा गरेका कार्यहरुको बारेमा जानकारी, भूकम्प र यसको कारण, भूकम्पीय सुरक्षाका उपायहरु, २०७२ साल तथा जाजरकोट भूकम्पले भएको क्षति तथा पारिवारीक र सामुदायिक रुपमा गर्नुपर्ने पूर्वतयारीका बारेमा प्रस्तुतिकरण गरिएको थियो ।

अन्र्तक्रियात्मक रुपमा सम्पन्न अभिमुखिकरणमा सहभागिहरुलेभूकम्पीय सुरक्षाका लागि पूर्वतयारी योजना अनुरुप कार्य गर्नुपर्ने बताउनुभयो ।

सहकारीका सदस्यहरुले भवन संहिता बमोजिम संरचना निर्माण, प्राथमिक उपचार खोज तथा उद्धारका प्रशिक्षण संचालन गरी समुदायमा प्रथम उद्धारकर्ता तयार, विपद् कोष स्थापना, आवश्यक उद्धार सामग्री व्यवस्थापन तथा समयसमय विपद्को अवस्थामा गरिने प्रतिकार्यको अभ्यास गर्न सकेमा भूकम्प जस्तो विपद्बाट समुदाय सुरक्षित राख्न सकिने कुरा व्यक्त गर्नुभयो ।

उहाँहरुले सहकारीले पनि वडा तथा नगरपालिकासंग समन्वय र सहकार्य गरी विपद् जोखिम न्यूनीकरणका कार्यहरुमा हातेमालो गर्दै त्यसका लागि केही बजेट छुट्याउनुपर्ने बताउनुभयो ।

माघ २ गते देखि ७ गतेसम्म सप्ताह रुपमा मनाइने २६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले नगरपालिका भित्रका वडागत रुपमा ९ वटा सहकारीहरुका सदस्यहरुलाई १ दिने भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण कक्षा संचालन र विपद् जोखिम न्यूनीकरणमा संचारकर्मीको भूमिका विषयक कार्यशालाको पनि

आयोजना गरीने चाँगुनारायण नगरपालिकाका योजना प्रमुख तथा विपद् सम्पर्क व्यक्ति अनुप लामिछानेले बताउनुभयो ।चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन शाखाका विपद् विज्ञ तथा परामर्शदाता दिनेश थापा, सहजकर्ताहरु राजकुमार लम्साल र दिवाकर पौडेलले अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्नुभएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।