हामीसँग जोडिनुहोस

कांग्रेसको संवाद यात्रा आजदेखि सुरु हुँदै

0 मिनेट

काठमाडौं, चैत १५।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजदेखि संवाद यात्रा पुनः शुरु गर्ने भएका छन्।यसअघि माघ १३ गते मेची पुलबाट शुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो। महामन्त्री थापाले संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट नै शुरु गर्ने जानकारी दिएका छन्।

उनी चैत्र १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा पुग्ने भएका छन्।

 

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ