चैत १५, काठमाण्डौ ।
नेपाल भ्रमणमा रहेको आयरल्यान्डको ए टोली र नेपालको एु टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेल रद्द भएको छ ।
वर्षाका कारण मैदान भिजेकाले खेल रद्द भएको नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जानकारी दिएको छ । आजको खेलमा टस पनि हुन पाएन । वर्षाका कारण खेल प्रभावित भएसँगै खेलको तालिका परिवर्तन हुने क्यानले जनाएको छ ।
आयरल्यान्ड एु टोलीलाई आयरल्यान्ड उल्भ्स नाम दिइएको छ । नेपाल ए र आयरल्यान्ड ए टोलीले तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्न लागेका हुन् ।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो । नेपालले आयरल्यान्ड ुएु लाई पहिलो खेलमा ६ विकेट तथा दोस्रो खेलमा ७१ रनले हराएको थियो ।