हामीसँग जोडिनुहोस

सुनको भाउ ऐतिहासिक बिन्दुमा,तोलाको १ लाख ३० हजार पुग्यो

1 मिनेट

काठमाडौं, चैत १६

सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ। आज २ हजार १०० रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो।

यसअघि बिहीबार १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर सुनको भाउ रेकर्ड कायम गरेको थियो। उक्त रेकर्ड आज तोडिएको छ । आज छापावाल सुन तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै सुनको भाउमा चाप परेको व्यवसायीको भनाइछ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २३२ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।