१९ चैत्र,काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ। बैठक बिहान ११ बजे बोलाइएको छ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन्।
साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युत् व्यापार विधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।