हामीसँग जोडिनुहोस

नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै

1 मिनेट

काठमाडौं, चैत १९।

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल आज हुँदै छ। एक खेलअगावै सिरिज गुमाइसकेको नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजे शुरू हुनेछ।

तेस्रो खेलका लागि मैदान उत्रँदा नेपालले मध्य र तल्लो क्रमका सुधारिएको ब्याटिङ प्रदर्शन, उत्कृष्ट फिनिसिङ र डेथ ओभर बलिङमा सुधार गर्नुपर्नेछ ।

निकै नाटकीय बनेका नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचका दुवै खेलमा नेपालले अप्रत्यासित हार बेहोर्यो। मध्य र तल्लो क्रममा ब्याटरहरु फिनिसिङमा चुक्दा र खराब डेथ बलिङका कारण नेपालले खेल गुमायो।

खेलमा केही युवा खेलाडीले यस दौरान प्रभावशाली प्रदर्शन गरे। तर दबाबमा टिम पफर्मेन्स राम्रो नहुँदा र प्राप्त अवसरलाई उपयोग गर्न नसक्दा नेपाल नतिजा सुम्पन पुग्यो। दुवै खेलमा नेपालले लामो समय खेललाई आफ्नो पक्षमा पारेको थियो।

अब नेपाल आज सिरिज क्लिनस्विप हुन नदिने लक्ष्यसहित मैदान उत्रनेछ। टी–ट्वेन्टी सिरिजपछि दुवै टोलीले एकदिवसीय सिरिज खेल्नेछन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।