हामीसँग जोडिनुहोस

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

0 मिनेट

काठमाडौं, चैत १९ ।

संघीय संसदअन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । अहिले बिहान १०ः३० बजे बस्ने बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाइने कार्यसूची रहेको छ ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी रहेका राया पूर्व अर्थसचिव हुन् ।

संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि राष्ट्रपतिले महालेखापरीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । महालेखा परीक्षकको पदावधि ६ वर्षको हुन्छ ।

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ