हामीसँग जोडिनुहोस

महालेखा परीक्षकमा सिफारिश भएका तोयम राया विरुद्ध उजुरी आह्वान

0 मिनेट

  चैत १९,काठमाण्डौ।

महालेखा परीक्षकमा सिफारिश भएका तोयम राया विरुद्ध उजुरी आह्वान गरिएको छ।

महालेखा परीक्षकमा सिफारिश भएका रायाका विषयमा संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया अघि बढाएको हो। सुनुवाइ समितिको सोमबार बसेको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सूचना जारी गर्ने निर्णय गरेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए।

उजुरी दिने समय सकिएपछि रायाबारे सुनुवाइ हुनेछ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।

आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षकमा सिफारिश गर्ने निर्णय गरेको थियो। यससँगै संसदीय समितिले सुनुवाइ प्रक्रिया थालेको हो।, चैत १९,

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।