चैत १९, काठमाण्डौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने भएको छ । उत्तरतर्फको रन–वे अर्थात् धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका कामको विस्तार थालिएकोले ९० दिनसम्म उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने भएको हो ।
विमानस्थलमा हुन लागेको पूर्वाधार विस्तारबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो ।
विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिणतर्फ अर्थात् कोटेश्वर क्षेत्रबाट विमान अवतरण गर्ने गर्छन् । कहिलेकाहीँ उत्तरतर्फ अर्थात् गौरीघाटबाट अवतरण हुने गरेको छ । धानवमार्ग र जहाज अड्याइने ठाउँ ९पाकिङ० जोड्नका लागि ट्याक्सी–वे चाहिन्छ । धावनमार्गको लम्बाइअनुसार ट्याक्सी–वेको सङ्ख्या निर्धारण हुन्छ । लामो धावनमार्ग भए धेरै वटा ट्याक्सी–वे हुन्छन् ।
यसअघि दक्षिणतर्फ धावनमार्ग तीन सय मिटर विस्तार भएको थियो । त्यसमा बाँकी रहेका केही काम, धावनमार्गका दुवै विन्दुबाट जहाज पस्न–निस्कन इन्ड–टु–इन्डु समानान्तर ट्याक्सी–वे, जहाज मर्मत गर्न ह्याङ्गरलगायतका भौतिक पूर्वाधारको काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।