हामीसँग जोडिनुहोस

एक महिनामै एक लाख २८ हजार धेरै पर्यटक नेपाल आए

1 मिनेट

चैत १९,काठमाण्डौ ।

यस वर्षको मार्चमा हवाई माध्यमबाट नेपाल भित्रिने पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गएको वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रिने पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले बढेको हो ।

गएको वर्षको मार्चमा ९९ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको यही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । मार्चमा सबैभन्दा बढी भारतबाट ३० हजार छ सय ९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या १२ हजार ९३ छ ।

बोर्डका अनुसार यस अवधिमा अमेरिकाबाट १० हजार सात सय ७३, बेलायतबाट सात हजार दुई सय ४१, श्रीलङ्काबाट पाँच हजार सात सय ४१, जर्मनीबाट पाँच हजार दुई सय ५५, थाइल्यान्डबाट चार हजार तीन सय ४५, फ्रान्सबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार एक सय ३१ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकामा सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या ३३ दशमलव ७८ प्रतिशतले बढी हो ।

योसँगै नेपालमा पर्यटक भित्रिने क्रम कोभिड–१९ सङ्क्रमण शुरु हुनुभन्दा अघिल्लो वर्ष सन् २०१९ को हाराहारीमा पुगेको छ । सन् २०१९ को मार्चमा एक लाख १४ हजार सात सय ७९ जना पर्यटक नेपाल आएका थिए । यो सङ्ख्या सन् २०२३ को मार्चको तुलनामा एक प्रतिशतले मात्र बढी हो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।