हामीसँग जोडिनुहोस

बागमतीमा एमालेका ४ जना मन्त्रीले लिए शपथ

1 मिनेट

हेटौँडा,चैत २०।

बागमती प्रदेश सरकारमा एमालेबाट ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलवार दिउँसो प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेलले वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठले खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शपथ लिएका हुन्।

चारैजनालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन्। २०७९ पुस २५ मा गठित सरकारमा पठाएका तीनजना मन्त्री पुरानै अनुहार हुन् भने प्रकाश श्रेष्ठ पहिलोपटक मन्त्री बनेका हुन्।

मुख्यमन्त्री जम्कट्टेलले नयाँ सत्ता समीकरणअनुसार बागमतीमा चौथोपटक सरकार विस्तार गरेका हुन्। यसअघि १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री र १७ चैतमा नेकपा एमालेका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए।

आज बिहान मात्रै नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगरले विना विभागीय मन्त्रीको शपथ लिएकी थिइन्। सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डाको विषय भने मिल्न नसक्दा योसँगै बागमती प्रदेशमा मन्त्रीको सङ्ख्या १३ पुग्नेछ। प्रदेशमा कायम १२ मन्त्रालयमा एक विभागीय सहित १३ मन्त्री नियुक्त भएका छन्।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।