हामीसँग जोडिनुहोस

गत वर्षको तुलनामा यो वर्षको पहिलो ६ महीनामा अर्थतन्त्रमा सुधार

1 मिनेट

चैत २०,काठमाडौ।

गत वर्षको तुलनामा यो वर्षको पहिलो ६ महीनामा अर्थतन्त्रमा सुधार देखिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको दोस्रो त्रैमास ९कात्तिक(पुस० मा अर्थतन्त्र ४ प्रतिशतले बढेको अनुमान गरेको छ। गत वर्ष यही अवधिमा अर्थतन्त्र ०।८ प्रतिशतले संकुचित भएको थियो।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत वर्षको तुलनामा यो वर्ष आर्थिक क्रियाकलाप बढेको छ। व्यवसायीले भने अर्थतन्त्र मन्दीमा गएको बताउँदै आएका छन्।

यो वर्षको पहिलो त्रैमास साउन असोजमा पनि अर्थतन्त्रमा सामान्य विस्तार देखिएको थियो। यस आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३।२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको थियो। गत वर्षको पहिलो त्रैमासिकमा आर्थिक वृद्धिदर ३।४ प्रतिशत थियो।

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक क्रियाकलापको तथ्यांक, उत्पादन, लगानी, उपभोग र बचत केलाउने अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तमा आधारित रहेर कुल गार्हस्थ्य उत्पादनको तथ्यांक सार्वजनिक गर्दै आएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गर्ने तथ्यांकलाई नै देशको अर्थतन्त्रको आधिकारिक तथ्यांक मानिन्छ।

तथ्यांक कार्यालयका अनुसार यो वर्ष खानी र खनिजको क्षेत्र, विद्युत्, यातायात, होटल व्यवसाय, वित्त र बीमा क्षेत्र, प्रशासन र सहयोगी क्षेत्र आदिमा उल्लेख्य सुधार देखिएको छ। गत वर्षको दोस्रो त्रैमासका तुलनामा यस वर्षको दोस्रो त्रैमासमा खानी र खनिज ९।४ प्रतिशतले बढेको छ। त्यस्तै, विद्युत् १७।१ प्रतिशत, यातायात र भण्डार १४।३ प्रतिशत तथा होटल रेस्टुरा २९।३ प्रतिशतले बढेको छ।

यद्यपि दोस्रो त्रैमासमा उत्पादन क्षेत्रमा भने ०।४ प्रतिशत कमी आएको देखाएको छ। बजारमा निर्माण सामग्रीसहितका वस्तुको माग घटेका कारण उत्पादन क्षेत्र घटेको हो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।