हामीसँग जोडिनुहोस

उम्मेदवार छान्न बसेको कांग्रेसको पदाधिकारी बैठक निष्कर्ष विहीन

0 मिनेट

चैत २०,  काठमाडौं ।

उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षविहीन बनेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठक निष्कर्षविहीन बनेको प्रवक्ता प्रकाशशरण महतले बताए।

भोलि ४ बजे बस्ने पदाधिकारी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ । पार्टीभित्र धेरै उम्मेदवारहरू देखिएका छन्। निर्वाचन आयोगले वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा १ तर्फ उपनिर्वाचन गर्दैछ। त्यसका लागि चैत २४ गते मनोनयन गर्ने कार्यतालिका छ।

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ