हामीसँग जोडिनुहोस

आयरल्याण्ड उल्भ्सविरुद्ध आज पहिलो एकदिवसीय खेल्दै नेपाल

0 मिनेट

चैत २१, काठमाण्डौ ।

नेपाल ‘ए’ क्रिकेट टोलीले टी–२० र एकदिवसीय शृङ्खलाका लागि नेपालमा रहेको आयरल्याण्ड ‘ए’ सँग आज पहिलो एकदिवसीय खेल्दैछ । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ । शृङ्खलाको दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतवार हुनेछ ।

यसअघि नेपाली टोलीसँगको टी–२० शृङ्खला आयरल्याण्डले २–१ ले जितेको थियो । नेपाल ‘ए’ सँग खेलअघि आयरल्याण्ड ‘ए’ ले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुईवटा टी–२० क्रिकेट खेलेको थियो ।

दुवै खेलमा आयरल्याण्ड ‘ए’ पराजित भएको थियो ।

 

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ