हामीसँग जोडिनुहोस

राष्ट्रिय सभाको बैठक बस्दै ,उपाध्यक्ष पदको निर्वाचन मिति तोकिने

0 मिनेट

काठमाडौं,२१ चैत ।

राष्ट्रिय सभाको बैठकमा बुधबार उपाध्यक्ष पदको निर्वाचन मिति तोक्ने कार्यसूची छ। बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।

नयाँ सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार अध्यक्ष माओवादी केन्द्रले लिएपछि उपाध्यक्ष अन्य दलबाट बनाइन लागेको हो।  एकीकृत समाजवादी गठबन्धनमा सहभागी भएपछि यो विषय सहमतिबाट हटाइएको थियो।

राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची छ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९र८० सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।