
काठमाडौं,२१ चैत।
भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी त्रिकोणात्मक सिरिजमा नेपालले आज गुजरातसँग खेल्दैछ।
गुजरातको वापीस्थित साई मेघपन मैदानमा खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ।
जारी खेलमा नेपाल अपराजित छ। मंगलबार भएको खेलमा भारतको बरोडालाई २७ रनले हराउँदै सिरिजको फाइनल नजिक पुगेको छ।
नेपालले सिरिजमा लगातार दोस्रो जितसँगै चार अंक बनाएको छ। गुजरातले बरोडालाई पाँच विकेटले हराएको थियो।
नेपालले अब शुक्रबार बरोडासँग खेल्नेछ।