हामीसँग जोडिनुहोस

प्रतिनिधिसभा सदस्य चयन गर्न इलाम २ मा मुख्य निर्वाचन अधिकृत तोकियो

1 मिनेट

काठमाडौं,२१ चैत।

प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो।

यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ। उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन्। निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली संकलन गरिसकेको छ। इलाम २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा ८९४ कर्मचारी परिचालन हुनेछन्। निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ।

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ