हामीसँग जोडिनुहोस

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माद्वारा राजीनामा

1 मिनेट

चैत २१, काठमाण्डौ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ । आज बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।

राजीनामाको घोषणा गर्नुअघि शर्माले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो । उहाँले राजीनामा दिएसँगै मुख्यमन्त्रीले विश्वासको मत लिने कारबाही अघि नबढ्ने भएको छ । यससँगै कर्णाली प्रदेश सभाको बैठक चैत २५ गते आइतवारसम्मका लागि स्थगित भएको छ ।

केन्द्रमा नयाँ सत्ता समीकरणसँगै पाँच दलका शीर्ष नेताबीच कोशी, गण्डकी र कर्णाली एमालेले, बाग्मती र लुम्बिनी माओवादीले, सुदूरपश्चिम एकीकृत समाजवादीले र मधेशमा जसपाले नेतृत्व गर्ने समझदारी छ ।

कर्णालीमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै आएकोमा सहमतिअनुसार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न निर्देशन दिनुभएको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।