काठमाडौँ, २१ चैत्र ।
सर्वोच्च अदालतले वैवाहिक बलात्कारको मुद्दामा न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीशद्वय हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले आज उक्त आदेश दिएको हो। सर्वोच्चले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।
यसअघि काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो। त्यसपछि मुद्दा सर्वोच्चमा पुगेको हो। सर्वोच्चले उक्त आदेश वेरितको रहेको भन्दै बदर गरिदिएको छ।
न्यायाधीश गिरीकी पत्नी आरतीले आफूमाथि बलात्कार भएको भन्दै दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी सरकारी वकिलमार्फत मुद्दा चलाइएको थियो। हाल गिरी भने निलम्बनमा छन्।
आज इजलासकै क्रममा आरतीले भने शंकास्पद वस्तु खाएपछि अहिले वीर अस्पतालमा भर्ना गरिएको छ।