हामीसँग जोडिनुहोस

चट्याङबाट बच्न के गर्ने,अपनाउनुस यस्ता सावधानि

1 मिनेट

चैत २१, काठमाण्डौ।

प्रि–मनसुनु को यो बेला चट्याङ धेरै पर्छ । केही दिनदेखि लगातार चट्याङ पर्दै आएको छ । नेपालको सबैभन्दा खतरनाक प्राकृतिक प्रकोपमध्ये एक चट्याङ पनि हो ।  गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार ११ महिनामा चट्याङ लागेर चार सय ५१ जना घाइते भएका छन् । चट्याङ लागेर बर्सेनि ठूलो सङ्ख्यामा घरपालुवा पशुचौपायासमेत मर्ने गरेका छन् ।

चट्याङ विशेषगरी प्रि–मनसुन अर्थात् चैत, वैशाख र जेठ महिनामा धेरै पर्छ । अर्थात् अबको झन्डै तीन महिना चट्याङको जोखिम धेरै हुने समय हो ।

चट्याङबाट बच्न के गर्ने, के नगर्ने 

घरबाहिर भएको अवस्थामा चट्याङ परेमा सकेसम्म आश्रय खोज्नुपर्छ । यदि उचित आश्रय फेला नपरेको अवस्थामा वरपरको सबैभन्दा अग्लो वस्तुको नजिक जान हुँदैन । खुला मैदान, पहाडको टुप्पो, अग्ला रुख र बिजुली लाइन वा पोलहरूबाट सकेसम्म टाढा बस्नुपर्छ । कुनै पनि विकल्प नभएको अवस्थामा दुवै खुट्टा जोडी टाउको घुँडाको बीचमा राखेर भुइँमा झुक्नुपर्छ । खुट्टाको बलले जमिनसँगको सम्पर्क कम गर्नुपर्छ । भुइँमा सुत्न हुँदैन ।

घरभित्र भएको अवस्थामा बिजुलीका उपकरणहरू जस्तै– टीभी, टेलिफोन, माइक्रोवेभ ओभन, वासिङ मेशिन लगायतबाट टाढा बस्नुपर्छ । घरभित्र रहेको पानीको धारा, बिजुलीको तार र धातुको पाइपबाट पनि बिजुली प्रवाह हुन सक्ने भएकाले यी कुराहरूबाट पनि टाढा बस्नुपर्छ । यस्तै धातुको झ्याल ढोका तथा कहिलेकाहीँ घरको भित्ता र भुइँबाट पनि बिजुली प्रवाह हुने भएकाले धातु वा भुइँ छुनु हुँदैन । खाट, टेबुल, वा कुर्सीमाथि बस्नुपर्छ ।

चट्याङ परिरहेका बेला पार्क, ताल, पोखरी, खेल मैदान, खोला किनार, खेतबारी जोखिमपूर्ण क्षेत्र भएकाले ती ठाउँमा जान हुँदैन । चट्याङ परिरहेको बेला घरबाहिर निस्कनु हुँदैन ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।