हामीसँग जोडिनुहोस

कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

1 मिनेट

२२ चैत,काठमाडौँ ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने छ ।

यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।

इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको छ । इलाम— २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।

 

 

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ