२२ चैत,काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले इलाम २ मा उम्मेदवारी नदिने भएको छ ।
एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले जानकारी दिनुभएको छ ।
वैशाख १५ गते हुने उपनिर्वाचनमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उपनिर्वाचनका लागि २४ गते मनोनयन दर्ता गर्ने कार्य तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।