हामीसँग जोडिनुहोस

एमालेले राष्ट्रियसभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने

0 मिनेट

२२ चैत,काठमाडौँ ।

नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने भएको छ । राष्ट्रियसभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

चार दलीय गठबन्धनको बैठकले भने सुरुमा राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउने सहमति गरेको थियो । गठबन्धनमा नेकपा एस मिसिएपछि सो सहमतिलाई संशोधन गर्दै एमालेलाई उपाध्यक्ष दिने लाइन हटाइएको थियो ।

त्यसपछि उपाध्यक्ष नेकपा एसले पाउने चर्चा चलेको थियो । नेकपा ९एस०का नेताहरूले पनि उपाध्यक्ष आफ्नो पार्टीले पाउने सहमति भएको स्वीकार गरेका थिए ।

 

 

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ