हामीसँग जोडिनुहोस

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा मतदान स्थल तोकियो

0 मिनेट

चैत २३,काठमाडौं ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम र बझाङमा मतदान स्थल तोकेको छ। इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र कायम गरिएको छ।

त्यस्तै, बझाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र कायम गरिएको छ।

साथै पौडेलका अनुसार आयोगले देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको छ। निर्वाचन सम्पन्न गर्ने तथा राजनीतिक दलसम्बन्धी दर्ता र अन्य विवादको निरूपण गर्ने आदि काम निर्वाचन आयोगले गर्ने संवैधानिक व्‍यवस्था छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।