हामीसँग जोडिनुहोस

भारी वर्षाका कारण अस्ट्रेलियाको सिड्नी विमानस्थलमा सय भन्दा बढी उडान रद्द

1 मिनेट

चैत २३,  एजेन्सीँ।

अस्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी विमानस्थलमा एक सय वटाभन्दा बढी उडान रद्द भएका छन् । वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा एक सय नौ वटा घरेलु उडान रद्द भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

वर्षा र बाढीको प्रकोप बढ्दै गएकाले आउँदो केही घन्टाहरूमा रद्द हुने उडानको सङ्ख्या अझै बढ्ने देखिएको छ । न्यु साउथ वेल्स क्षेत्रमा रातारात तीव्र र व्यापक वर्षा भएपछि सिड्नीमा सबैभन्दा बढी क्षति भएको खबरमा उल्लेख छ ।

स्थानीय मौसम सेवा प्रदायक ‘वेदरजोन’ को तथ्याङ्कले सिड्नीमा शुक्रवार बिहानसम्म २४ घण्टामा एक सय ११ मिलिमिटर पानी परेको जनाएको छ । वर्षाका कारण ११ वटा रेल लाइन जोड्ने यातायात केन्द्र ‘रेडफर्न स्टेसशन’ मा उपकरणमा क्षति पुग्दा रेल सेवासमेत प्रभावित भएको छ ।

अस्ट्रेलियाको मौसम विभाग ९बीओएम० को पूर्वानुमानअनुसार अझै थप वर्षा हुने सम्भावना बाँकी छ । विभागले बाढी आउनसक्ने र डुबान हुनसक्ने सिड्नी महानगर, इलावारा र अन्य पाँच वटा पूर्वानुमानित जिल्लाहरूका मानिसलाई सतर्क रहन आग्रह गर्दै कडा मौसमी चेतावनी पनि जारी गरेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।