हामीसँग जोडिनुहोस

रुसले युक्रेनको खार्किभ शहरमा ड्रोन आक्रमण गर्दा ६ जनाको मुत्यु

1 मिनेट

चैत २४, एजेन्सी।
रुसले युक्रेनको खार्किभ शहरमा ड्रोन आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको छ । खार्किभका मेयर इहोर तेरेखोभले रुसले आज बिहानै इरानमा बनेका ड्रोनले केही अपार्टमेन्टसहित कयौँ भवनमा प्रहार गरेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

यो आक्रमणमा छ जनाको ज्यान गएको र १० जना घाइते भएका खबरमा उल्लेख छ । खार्किभ रुसी सीमाको सबैभन्दा नजिकको युक्रेनी शहर हो । रुसले पछिल्ला दिनमा आक्रमणलाई तीव्र बनाएको छ ।

युक्रेनका अधिकारीले भविष्यमा रुसले शहरमाथि आक्रमण गर्न सक्ने भन्दै चिन्ता जनाएका छन् । आजको आक्रमणबाट अपार्टमेन्ट भवन, पेट्रोलपम्प, प्रशासनिक भवन र कार क्षतिग्रस्त भएका छन् । गएको बुधबार रोस्तोव क्षेत्रमा भएको आक्रमणमा २० जना सैनिकको मृत्यु भएको अनुमान गरिएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।