हामीसँग जोडिनुहोस

बझाङ १ मा हुने उपचुनावका लागि १२ जनाको उम्मेदवारी दर्ता

1 मिनेट

चैत २४,  काठमाण्डौ ।

आउँदो बैशाख १५ गते प्रदेश सभाअन्तर्गत बझाङ १ ९क० मा हुने उपचुनावका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार आज विभिन्न दल र स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

बझाङ १ क मा सत्तारुढ गठबन्धनमा आबद्ध दल पनि आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालय बझाङकाअनुसार उपचुनावका लागि नेपाली कांग्रेसका अभिषेक सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी र नेकपा ९एकीकृत समाजवादी०का दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने यसअघि नै प्रदेश सभामा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

यस्तै राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टी ९जसपा०का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का तर्फबाट किशोरकुमार खड्का, नेकपा ९माओवादी केन्द्र०का जनक बुढा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

जनमत पार्टीका सुशीला देवी विष्ट र नेपाली जनता दलका तर्फबाट अशोक सुनारले उमेदवारी दर्ता गराउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त प्रदेशसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो । निर्वाचन आयोगको कार्यसूचीअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ ।

चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले चैत २७ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने छ । बझाङ १ ९क० मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र हुने छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।