हामीसँग जोडिनुहोस

कांग्रेस सभापति देउवाद्धारा पदाधिकारीको बैठक आह्वान

1 मिनेट

काठमाडौं,२६ चैत।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान पार्टीका पदाधिकारीको बैठक आह्वान गरेका छन् ।

बुढानीलकण्ठस्थित सभापति देउवा निवासमा बिहान ८ बजे बस्ने बैठकमा पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरू सहभागी रहनेछन् ।आजको बैठक कांग्रेसले संसदमा खेल्ने भूमिकाबारे छलफल गर्नका लागि कांग्रेस संसदीय दलका नेता देउवाले आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि सरकारमा रहेको कांग्रेस सत्तासमीकरणमा आएको परिवर्तनका कारण सरकारबाट बाहिरिएको छ । नयाँ सत्ता गठबन्धनको तर्फबाट उपप्रधान एवम् गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछाने माथि छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ ।

यसअघि समिति गठन नभएसम्म संसद चल्नै नदिने अडान लिएको कांग्रेसले आजको बैठकमा सोही बारेमा निर्णय लिनेछ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।