हामीसँग जोडिनुहोस

वैदेशिक रोजगारीमा जाने श्रमिकले अब एक घण्टाभित्रै श्रम स्वीकृति पाउने

1 मिनेट

चैत २६, काठमाण्डौ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले अब एक घण्टाभित्रै श्रम स्वीकृति पाउने भएका छन् । काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो ।

हिजो वैदेशिक रोजगार कार्यालयमा भएको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद ९डिपी० अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेन्डमा नै श्रम स्वीकृति दिन सकिने दाबी गर्नुभयो ।

प्राविधिक समस्या, बिजुलीको आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृति दिन सक्ने अवस्था रहेको दाबी गर्नुभएको हो । नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको भन्दै उहाँले यसका लागि कार्यालयका सबै कर्मचारीलाई धन्यवाद दिनुभयो ।

पहिले १५ दिनसम्ममा श्रम स्वीकृति दिने व्यवस्था रहेकोमा त्यसलाई बिस्तारै घटाउँदै पछिल्लो समय तीन दिनभित्रमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको थियो । तर श्रमिकले श्रम स्वीकृति पाउन हप्तौँ कुर्नुपर्ने बाध्यता भएपछि ती समस्याको समाधान गर्दै एक घण्टाभित्र नै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

श्रम स्वीकृतिको लागि श्रमिकले मुख्य गरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौता पत्र पेस गर्नुपर्छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।