काठमाडौं, चैत २७।
नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ।
कार्यसमितिको बैठक मंगलबार बिहान साढे ७ बजे बस्नेछ भने संसदीय दलको बैठक ८ बजेका लागि बोलाइएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ।
संसद्को आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।गृहमन्त्री रवि लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि उनीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ।