हामीसँग जोडिनुहोस

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि शुरु हुँदै

1 मिनेट
gofFjif{sf] cfudg;+u} eQmk’/df gf} lbg;Dd tflGqs ljlw cg’;f/ dgfO{g] k|l;4 lj:sf M cyf{t la:s]6 hfqfsf] klxnf] lbg cfh tf}d9Laf6 e}/asf] /y tfGb} . tl:j/ M /d]z lu/L, eQmk’/, /f;;

चैत २७,काठमाण्डौ ।

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्रा आजदेखि शुरु हुँदैछ । हरेक वर्ष नयाँ वर्ष अर्थात् बैशाख १ गतेको चार दिन अगाडि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तानेर बिस्काः जात्रा मनाउने चलन छ ।

तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान भक्तपुरले जनाएको छ । आज भैरवनाथको रथसँगै भद्रकालीको रथ सिङ्गारेर रथ तान्नुअघि रथको अगाडि बेताल विराजमान गराइन्छ ।

त्यस्तै मन्दिरमा रहेको भैरवनाथलाई बाजागाजाको सवारीसहित रथमा विराजमान गराइन्छ । भैरवनाथको रथ तानेर शुरु हुने जात्रा वैशाख ५ गते विधिवत सम्पन्न गरिन्छ । अन्तिम दिन भैरवनाथको रथलाई एकातिर ६ वटा र अर्कोतिर चार वटा मोटो डोरी राखेर युवाले तानेर पाँंचतले मन्दिर अगाडि पुर्‍याएपछि बिस्का जात्रा सम्पन्न हुन्छ ।

बिस्का जात्राअन्तर्गत चैत मसान्तको दिन भक्तपुर नगरपालिका वडा नम्बर ५ मा रहेको योसिङखेलमा ५५ हात लामो लिङ्गो ठड्याइन्छ । यो लिङ्गो सूर्यमासअनुसार नयाँ वर्षको पहिलो दिन ढालिन्छ । यस्तै बिस्का जात्रा शान्तिपूर्ण बनाउन गुठी संस्थानले आह्वान गरेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।