हामीसँग जोडिनुहोस

भारत घुम्न गएका ७ नेपालीको गाडी दुर्घटना हुँदा मृत्यु

1 मिनेट

चैत २७,  एजेन्सीँ।
भारतको उत्तराखण्ड राज्यको नैनीतालको बेतालघाटमा गाडी दुर्घटना हुँदा सात नेपालीसहित आठ जनाको ज्यान गएको छ । सोमवार राति नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात नेपालीसहित आठ जनाको ज्यान गएको र अन्य तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यम ‘हिन्दूस्तान टाइम्स’ ले जनाएको छ ।

ज्यान गुमाउनेमा नेपाली नागरिक ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धीरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल रहेका खबरमा उल्लेख छ । दुर्घटनामा भारतीय चालक राजेन्द्र कुमारको पनि ज्यान गएको छ । यस्तै दुर्घटनामा दुई जना नेपाली नागरिक शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन्, उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाउने र दुर्घटनामा पर्ने नेपाली महेन्द्रनगरका रहेका खबरमा उल्लेख छ ।

मृतकहरू बेतालघाटको जल जीवन परियोजनामा कार्यरत रहेका खबरमा उल्लेख छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।