हामीसँग जोडिनुहोस

सशस्त्रको स्टोरमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन

1 मिनेट

२७ चैत,काठमाडौँ ।

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भएको आगलागीबारे छानबिन गर्न दोस्रो समिति गठन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा समिति गठन गरेका हुन् ।

सोमबार आगलागी हुनासाथ सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले कार्य विभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए । गृहमन्त्री लामिछानेले गठन गरेको समितिमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव रसागरमणि पाठक र कम्प्युटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य छन् ।

सहसचिव पाण्डे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।