
चैत २७, काठमाण्डौ ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि आजै कँडेलले गठबन्धनमा रहेका एमाले, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० का गरी २३ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
कँडेललाई एमालेका नौ, माओवादीका १३ र एकीकृत समाजवादीका एक जना सांसदले समर्थन गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्थ्यो ।
यसअघि माओवादीबाट मुख्यमन्त्री बन्नुभएका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर दलहरूलाई आह्वान गर्नुभएको थियो ।