काठमाडौं,२८ चैत।
प्रतिनिधिसभाको स्थगित बैठक आज बस्दैछ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै अवरोध गरेपछि बैठक आजका लागि सारिएको हो ।
बैठक ११ बजे बस्नेछ । संसदले आजको कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची बनाएको छ ।