
चैत २८, एजेन्सी।
भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।
छत्तीसगढको दुर्ग जिल्लामा मजदुरले भरिएको बस खानीमा खस्दा १४ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
बसमा निजी कम्पनीका कर्मचारी सवार थिए।